तनहुँ अमेरिका सोसाईटीको अध्यक्षमा किरण, महासचिवमा अनिल निर्वाचित

Byकिरण श्रेष्ठ

१७ असार २०७९, शुक्रबार ०६:१७ १७ असार २०७९, शुक्रबार ०६:१७ १७ असार २०७९, शुक्रबार ०६:१७

तनहुँ । तनहुँ अमेरिका सोसाईटीको अध्यक्षमा किरण पन्थ निर्वाचित भएका छन् । नेपालको तनहुँ जिल्ला घर भई हाल अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने नेपालीहरुको संस्था तनहुँ अमेरिका सोसाईटीको जुन २२ मा सम्पन्न अधिवेशनबाट पन्थ सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कपिल शरण वाग्ले, उपाध्यक्ष त्रयमा अविन ओझा, मनु थापा र रमेश श्रेष्ठ, महासचिवमा अनिल गोदार, सचिवमा लक्ष्मि थापा र कोषाध्यक्षमा अनिता राना निर्वाचित भएका छन् ।

त्यस्तै सोसाइटीको प्रवक्तामा राजु आचार्य चयन भएका छन् ।

यस्तै सदस्यहरुमा हरिकृष्ण अधिकारी, विश्व सुवेदी, मोहन पन्त, वरुण पौडेल, सौरभ भट्टराई, महेन्द्र अधिकारी, ज्वाला थापा, राजन घिमिरे, राकेश गुरुड, जगदीस खड्का, पुष्पा गैहे र प्रेम दरै चयन भएका छन् ।

सोसाईटीको अधिवेशन निवर्तमान अध्यक्ष पल रेग्मिको अध्यक्षतामा भएको थियो । समस्यामा परेका तनुङ्गे र नेपालीहरूको सहयोग गर्ने समाजको मुख्य उद्देश्य रहेको महासचिव अनिल गोदारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *