तनहुँ । पाठेघरमा काठ टुक्रा अड्किएकी बालिकाको उपचारका लागी आर्थिक सहयोग जुट्न थालेको छ ।

व्यास ११ स्थित बुल्दी खोलाले बगाउदाँ थापा ह्युम पाइपमा अड्किएकी थिइन र उनलाई चोटपटक लागेको थियो ।

उनको अहिले पोखरा स्थित फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।

व्यास नगरपालिका ११ स्थित बसन्त आधारभुत विद्यालयमा अध्यनरत ४ वर्षीया बालिका थापाको उपचारका लागी टिम नेपो तनहुँले शुक्रबार १० हजार आर्थिक सहयोग गरेको छ ।

उपचारको लागि परिवारको आर्थिक अवस्था कमजोर भएको हुँदा क्लबको तर्फबाट आर्थिक सहयोग गरेको क्लबका आगामी वर्ष का अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

व्यास नगरपालिकाले पनि थापाको उपचारका लागी ५० हजार सहयोग आर्थिक सहयोग गरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

अन्य व्यक्ति र संघसंस्थाबाट पनि आर्थिक सहयोग जुटिरहेको बालिकाको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *