तनहुँमा २० प्रतिशत मात्रै रोपाई, मल अभाव कायमै

Byकिरण श्रेष्ठ

१८ असार २०७९, शनिबार १३:३७ १८ असार २०७९, शनिबार १३:३७ १८ असार २०७९, शनिबार १३:३७

तनहुँ । तनहुँमा २० प्रतिशत रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीका अनुसार १५ असार सम्ममा जिल्लामा करिब २० प्रतिशतसम्म रोपाई सकिएको छ ।

मनसुन छिट्टै भित्रिदा र प्रशस्त पानीको सुविधा हुँदा पनि यसवर्ष तनहुँमा रोपाई चाडै सुरु सकेन । मल अभाव हुँदा धेरै रोपाइँ गर्न नसकेको व्यास-११ का किसान सुजन दरै बताउछन ।

तनहुँका ठूला फाँट सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाट लगायतका स्थानमा रोपाई भइरहेको केन्द्रले जनाएको छ ।

यहाँका किसानले राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर लगायतका धान लगाउँदै आएका छन् ।

केन्द्रका अनुसार जिल्लामा ११ हजार ५ सय हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ ।

गतवर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिकटन धान उत्पादन भएको थियो ।

खेत रोप्ने समयमा मल अभाव हुँदा किसानलाई समस्या भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड दमौलीमा अहिले पोटास मल मात्रै रहेको छ । युरिया, डिएपी, कृषि चुन मल अभाव रहेको छ ।

किसानको माग भएको मल दिन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *