आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ का कृषक, कृषि समूह र कृषि सहकारीलाई अनुदानमा उपकरण प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रम बमोजिम ७० प्रतिशत अनुदानमा उपकरण प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

उनले अगाडी थपे ‘कृषिमा व्यावसायीकरणका लागि कृषि उपकरण प्रदान गरेका हौँ, यो वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हो ।’

गाउँपालिकाले हाते ट्याक्टर, तौल नाप्ने यन्त्र लगायतका उपकरण प्रदान गरेको आँबुखैरेनी-२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *