पाँच दलीय गठबन्धनका कारण लोकतन्त्र संकटमा छ : महासचिव पोख्रेल

Byकिरण श्रेष्ठ

१३ श्रावण २०७९, शुक्रबार १९:३१ १३ श्रावण २०७९, शुक्रबार १९:३१ १३ श्रावण २०७९, शुक्रबार १९:३१

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोख्रेलले पाँच दलीय गठबन्धनका कारण लोकतन्त्र संकटमा पर्न थालेको बताएका छन ।

सो कुरा महासचिव पोख्रेलले बिहीबार नेकपा एमाले जिल्ला कमिटी तनहुँको आयोजनामा शुक्रबार दमौलीमा भएको प्रशिक्षण कार्यक्रममा बताएका हुन ।

नेता पोख्रेलले भने ‘अहिले अदालत अदालत जस्तो, सरकार सरकार जस्तो छैन ।’

पाँच दलीय गठबन्धनले लोकतन्त्र संकटमा पारेको उनको आरोप थियो । लोकतन्त्रको रक्षा गर्ने पार्टी नेकपा एमाले मात्रै भएको महासचिव पोख्रेलले बताए ।

निर्वाचन आयोगले चुनावको मिति तोक्न समय दिईसकेको अवस्थामा पनि सरकार मौन रहेको उनले बताए ।

पाँच दलीय गठबन्धनका कारण अर्थतन्त्र घाटामा पुगेको उनले बताए । ‘जनताको समस्या र एजेन्डा बोक्नुपर्यो ।’ महासचिव पोख्रेलले भने ।

‘खेतीपाती गर्ने मौसममा किसानलाई मल समेत दिन नसक्ने सरकारबाट अरु के आशा गर्न सकिन्छ ।’ पोख्रेलले प्रश्न गरे ।

सोही अवसरमा एमाले सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, केन्द्रिय सदस्य भगवती न्यौपाने, सांसद केदार सिग्देल, पोलिटब्युरो सदस्य टुकराज सिग्देल लगाएतले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *