तनहुँको बिमलनगरबाट साउन १५ देखि लाइसेन्स नविकरण हुने

Byकिरण श्रेष्ठ

१३ श्रावण २०७९, शुक्रबार २२:५४ १३ श्रावण २०७९, शुक्रबार २२:५४ १३ श्रावण २०७९, शुक्रबार २२:५४

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले साउन १५ गते आइतबारदेखि सवारी चालक अनुमति पत्र नविकरण गर्ने भएको छ । यातायात व्यवस्था कार्यालय तनहुँका निमित्त प्रमुख विष्णु बहादुर क्षेत्रीले साउन १५ गते आइतबारबाट नविकरणको काम सुरु गर्न लागिएको जानकारी दिए ।

नेपालको अन्य प्रदेशबाट सवारी चालक अनुमति पत्र लिएको भएपनि गण्डकी प्रदेशको स्थायी बासिन्दाको मात्र नविकरणको काम गर्न सकिने कार्यालयले जनाएको छ ।

कागजी लाइसेन्सको हकमा स्मार्ट लाइससेन्स रुपान्तरण भएको मात्र नविकरण हुने कार्यालयले जनाएको छ । नविकरण गर्न आउदा सक्कल अनुमति पत्रसँगै नागरिकताको प्रतिलिपि समेत समावेश गर्नुपर्ने समेत कार्यालयले जनाएको छ । सेवाग्राही अनुपस्थित वा विदेश भएको ब्यक्तिको सवारी चालक अनुमति पत्र नविकरण नहुने कार्यालयले जनाएको छ ।

सवारी चालक अनुमति पत्र नविकरणको काम तनहुँको बिमलनगरबाटै हुने भएपछि तनहुँ, लमजुङ,गोरखा र मनाङका सेवाग्राहीले प्रत्यक्ष लाभ लिने भएका छन् । यस क्षेत्रका मानिसहरुलाई सवारी चालक अनुमति पत्र नविकरणका लागि पोखरा लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *