नागरिकताको प्रमाणपत्र तनहुँबाट २३ हजार भन्दा बढीले लिए

Byकिरण श्रेष्ठ

१६ श्रावण २०७९, सोमबार ११:०९ १६ श्रावण २०७९, सोमबार ११:०९ १६ श्रावण २०७९, सोमबार ११:०९

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको सङ्ख्या बढेको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले गत असार मसान्तसम्ममा २३ हजार १३५ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए ।

नागरिकता लिनेमध्ये वंशजका आधारमा १३ हजार ५१६ वैवाहिक अङ्गीकृतका आधारमा १३ जना र प्रतिलिपि ९ हजार ६०६ जनाले लिएको उनले बताए । अघिल्लो आव २०७७/७८ मा कोभिड–१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकता लगायतका कार्यसमेत प्रभावित भएको थियो ।

४ करोड ८० बढी राजस्व सङ्कलन

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन तनहुँबाट ६ हजार ६१९ जनालाई राहदानी वितरण गरिएको सहायक प्रजिअ गैह्रेको भनाइ छ । उनका अनुसार सोही अवधिमा कार्यालयमा ८४ वटा सङ्घसंस्था दर्ता, ७८५ संस्था नवीकरण, नाबालक परिचयपत्र २७७ वटा र राष्ट्रिय परिचयपत्र १ लाख ५१ हजार ८०१ जनाको दर्ता गरिएको छ ।

असार मसान्तसम्ममा प्रशासनले राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क, सम्पत्ति बिक्रीवापत रु ४ करोड ८० लाख ६२ हजार ३७० राजस्व सङ्कलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *