म्याग्दे । सामाजिक अन्धविश्वासलाई तोड्दै छोरी मुस्कान र खुशीले बुबाको क्रिया बसेका छन् । तनहुँको म्याग्दे गाँउपालिका वडा नं ३ को किलचोकमा रहेको घरमा छोरीहरु मुस्कान श्रेष्ठ र खुशी श्रेष्ठले समाजिक परम्परा अनुसार क्रिया बसेका हुन् ।
यहि श्रावण ११ गतेका दिन बुबा पदम कुमार श्रेष्ठको असमायिक निधन भएपछि उनिहरु क्रिया बसेका हुन् । सामाजिक मान्यता र परम्परा अनुसार छोरा नै बुबाको निधनमा क्रिया बस्ने प्रचलन भएता पनि मृतकका छोरा २० महिनाको मात्र रहेको र छोरी पनि परिवारको समान अंग भएको सोचेर क्रिया बसेको ठुली छोरी मुस्कान श्रेष्ठले बताईन ।
स्व. पदम कुमार श्रेष्ठको गत ११ गतेका दिन मुटुसम्वन्धि रोगले निधन भएपछि छोरीहरु क्रिया बसेकी हुन् । समाज रुपान्तरणमा छोरा र छोरी दुवैको सामान भुमिका हुन्छ, अत: बुबाको क्रियामा हाम्रो पनि भुमिका रहनेछ, छोरी मुस्कानले भनिन् । यसैबीच घरको अभिभावक बितेपछि अब कसरी जीवन बिताउने भन्ने दुविधा रहेको मृतकका श्रीमती सुजिता श्रेष्ठ बताईन ।
यसैबीचमा मृतक परिवारलाई समवेदना प्रकट गर्न प्रतिनिधिसभा सदस्य केदार सिग्देल, म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतका सामाजिक अगुवाहरु पुगका थिए । स्व. पदम कुमार समाजिक योगदानको चर्चा गर्दे छोरीहरुको साहसले समाज रुपान्तरणमा महत्वपुर्ण सन्देश दिएको बताए । यो दुखद घडि सँगै सामाजिक संस्कार र अन्धकार विरुद्धको अभियान समेत भएको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।