घिरिङमा करारका कर्मचारीलाई कार्यालयमा हाजिर नगर्न निर्देशन

Byखवरबाटिका

३१ श्रावण २०७९, मंगलवार ००:५१ ३१ श्रावण २०७९, मंगलवार ००:५१ ३१ श्रावण २०७९, मंगलवार ००:५१

अन्जान परियार, घिरिङ । तनहुँको घिरिङ्ग गाउँपालिकाले करारका कर्मचारीलाई असार मसान्त पछि करारको म्याद सकिएकाले कार्यालयमा हाजिर नगर्न सुचना गरेको छ ।

असार मसान्त पछि म्याद थप गर्ने नगर्ने सम्बन्धमा कुनै निर्णय नभएकोले म्याद थप सम्बन्धमा निर्णय नहुँदा सम्म कर्मचारीको सम्झौता नहुने सूचना श्रावण ३ गते गाउँपालिकाले जारी गरेको हो।

कर्मचारीको करार अवधी छ महिना हुने भएकाले यो नियमित प्रक्रिया रहेको घिरिङ्ग गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए ।

साथै उनले कर्मचारीको कार्यसम्पादनको आधारमा कर्मचारी लाई म्याद थप हुने बताएका छन।

गाउँपालिकाले पालिका र सो मातहतका वडा कार्यालय, स्वास्थ्य चाैकी, सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत, विद्यालयमा करारमा कार्यरत शिक्षकहरुलाई उक्त सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *