तनहुँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले तनहुँ क्षेत्र नं १ मा गठबन्धनबाट चुनाव लड्ने आफै भएको बताए । उनले अगाडि थपे ‘म एमालेमा फर्किन्न ।’

सो कुरा उनले मंगलबार बिहान तनहुँको दमौली स्थित आफ्नै निवासमा पत्रकार भेटघाटमा बताएका हुन । श्रेष्ठ यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा कै सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए ।

एमालेबाट विद्रोह गरेर आउँदा गठबन्धनका नेता बीच जहाँ जसले २०७४ मा निर्वाचन जितेको हो उसै लाई टिकट दिने सहमति भएको सांसद श्रेष्ठले बताए । उनले भने ‘तनहुँ क्षेत्र नम्बर १ गठबन्धनको तर्फबाट म नै निर्विकल्प उम्मेदवार हुँ ।’

‘कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देशको जुनसुकै क्षेत्रमा गएर चुनाव लड्न र जित्नसक्नुहुन्छ ।’ सांसद श्रेष्ठले भने ‘गठबन्धनमा जे खाले सहमति भएको छ त्यो कार्यान्वन हुनुपर्छ ।’

‘तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीले नै टिकट पाउनुपर्छ र त्यो भनेको मैले पाउनु हो ।’ उनले भने ‘कसैले तर्साएर, डर देखाएर किसान श्रेष्ठ डराउनेवाला छैन ।’

‘मन्त्री हुँदा पनि गठबन्धनको विरुद्ध नलागेको सबैलाई थाहा नै छ नि ।’ सांसद श्रेष्ठले भने ‘पार्टी र गठबन्धनको निर्णय स्वीकार्य हुनेछ ।’ उनले अगाडी भने ‘म पार्टी सच्चा सिपाई हुँ, हाम्रो पार्टीको म माथि अन्याय गर्दैन भन्नेमा विश्वस्त छु ।’

‘हामि एक्लै चुनाव जित्छौ भन्दैनौ, हामि गठबन्धनकै पक्षमा छौं ।’ सांसद श्रेष्ठले भने । ‘तनहुँ क्षेत्र नम्बर १ को टिकट पाउने नै मैले हो यदि कुनै कारणबस पाइएन भने पनि एमालेमा फर्किनेवाला मा म छैन ।’

‘म गठबन्धन प्रति इमान्दार छुँ ।’ उनले भने ‘गठबन्धनको निर्णय सबैल मान्नुपर्छ, म पनि मान्न तयार छु ।’ उनले अगाडी थपे ‘गठबन्धनले टिकट दिएन भनेर मा रुनेवाला छैन, कति हाम फालेर मर्ने वाला पनि छैन  र उता एमालेमा जानेवाला पनि छैन।’

भिडिओ :

https://www.facebook.com/khabarbatikaofficial/videos/613358903472167

Leave a Reply

Your email address will not be published. Required fields are marked *