तनहुँ । रोटर्याक्ट क्लब अफ दमौलीको २०औँ पदस्थापन कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । उक्त पदस्थापन कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख एवं क्लवका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपानेले अपाङ्गता भएका व्यास १० देउरालीकी देउरुपा सापकोटा र व्यास ८ का झलक विकको लागी रोटरी क्लब अफ दमौलीका अध्यक्षलाई ह्विलचियर हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले रोटर्याक्टमा आवद्ध सदस्यहरुले आफ्नो थोरै खर्च कटाएर गरिब दिनदुखी र असाहायहरुलाई सहयोग गरी उदाहरणीय कार्य गरोकोमा खुशी व्यक्त गरे ।
उक्त व्हील चियर रोटरी क्लब अफ ज्ञानेश्वरले सहयोग गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले रोटर्याक्ट संग सहकार्य गरी नगरपालिका अगाडी बढ्न तयार रहेको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ दमौलीका अध्यक्ष रामलाल श्रेष्ठ, क्लब पूर्व अध्यक्षहरु दामोदर भण्डारी, शिखरलाल डोटेल, सन्तोष श्रेष्ठ, मनोज राउत, सुशान्त अधिकारी लगायतले सामाजिक क्षेत्रमा रोटर्याक्ट ले सहयोग गर्दै समाज परिवर्तनमा लागेको बताएका थिए ।
कार्यक्रममा बसन्त आधारभूत विद्यालयमा अध्ययनरत लिलबहादुर आले, मिना थापा मगर, इन्दु माध्यमिक विद्यालयमा अध्ययनरत , सुष्मा काफ्ले र मनिसा गुरुङ तथा सरस्वती सदन माध्यमिक विद्यालयका सोनिया रम्तेल र किरण विकलाई स्टेशनरी, विद्यालय पोशाक सहित नगद एक हजार पाँच सयका दरले सहयोग गरिएको क्लबका सचिव किरण श्रेष्ठले बताए ।
यस्तो छ नयाँ समिति
रोटर्याक्ट क्लब अफ दमौलीको अध्यक्षमा विशाल श्रेष्ठ चयन भएका छन् । क्लबको रोटा वर्ष २०२२÷२३ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । जुलाई १ बाट नयाँ कार्यकाल सुरु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस्तै क्लबको उपाध्यक्षमा श्रीराम गन्धर्व, विशाल खत्री, धिरज श्रेष्ठ चयनमा छन् । क्लबको सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा सुनिता आचार्य, सहसचिवमा विष्णु गिरी, सहकोषाध्यक्षमा गोविन्द तिमिल्सिना चयन भएका छन् ।
त्यसैगरी क्लब एड्मिनिष्टेसन चियरमा सन्जिता भट्टराई, पब्लिक इमेज चियरमा सुशासन अधिकारी, सर्भिस प्रोजेक्ट चियरमा सुगत हड्खले, मेम्बरसिप चियरमा पवनसिंह कार्की, ईन्टरनेश्नल रिलेशनसिप चियरमा विपिन गौली, प्रोफेश्नल डिभेलोप्मेन्ट चियरमा सुमन राज ओझा, द रोटरी फाउन्डेसन चियरमा ममता श्रेष्ठ र क्लब एड्भाइजरमा पुर्वअध्यक्ष टिकाराम पनेरु चयन भएका छन् ।
यस्तै सर्जान्ट एट आम्समा आशिका दुलाल, इन्ट¥याक्ट कोर्डिनेटरमा विवेक भट्टराई, स्पेसल एरिया प्रोजेक्ट कोर्डिनेटरमा विश्व प्रकाश भुसाल, एडिटरमा उमेश पौडेल, आइटी अफिसरमा सुजन गिरि, मिडिया कोर्डिनेटरमा रवि अधिकारी, फेलोसिप चियरमा विदेश श्रेष्ठ र फन्ड राइजिङ चियरमा याम बतास चयन भएका छन् । रोटा वर्ष २०२३–२४ को अध्यक्षमा अनुज बिमली छनौट भएका छन् । क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
Beta feature