डुम्रे । तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर १ बानियाँटार स्थित तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते भएका छन । स्थानीय ३ वर्षिय बालक शुलभ परियार सख्त घाईते भएका हुन ।
आफ्नै घरको आगनमा खेली रहेको अवस्थामा चितुवाको आक्रमणबाट बालक गम्भिर घाइते भएका हुन्।
बुधबार साँझ ५ बजे सोही स्थानमा चितुवाले बाख्रालाइ आक्रमण गरेको थियो । त्यसको १ घण्टापछि आगनमा खेलीरहेका बालक लाई चितुवाले आक्रमण गरेको बन्दीपुर-१ का वडाअध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
बालक चिच्याएपछि आमाले दौडदै चितुवाबाट बच्चालाइ खोस्न सफल भएकी हुन् ।
बालकको टाउको, अनुहार र गर्धनमा चोट लागेको छ ।
मोती हेल्थ क्लिनिक डुम्रेमा सामान्य उपचार पछि उनलाई थप उपचारका लागी चितवन रिफर गरिएको क्लिनिकका संचालक पुर्णसिं थापाले जानकारी दिए ।