राष्ट्रिय युवा संघ घिरिङको अध्यक्षमा थापा चयन

Byखवरबाटिका

१२ भाद्र २०७९, आईतवार १६:०० १२ भाद्र २०७९, आईतवार १६:०० १२ भाद्र २०७९, आईतवार १६:००

अन्जान परियार, घिरिङ । राष्ट्रिय युवा संघ नेपाल घिरिङ्ग गाउँ कमिटिको अध्यक्षमा तिलक थापा सर्बसम्मत चयन भएका छन । युवा संघको शनिबार पोखरिछापमा भएको दोस्रो अधिबेशनबाट तिलक थापाको नेत्तृत्वमा ५१ सदस्यीय समिती गठन भएको हो ।

यस्तै उपाध्यक्षमा सन्जु श्रेष्ठ, सचिब समर रानाभाट, सहसचिब नेत्र थापा र याम बहादुर थापा चयन भएका छन। उक्त पदाधिकारी सहित ५ वटै वडा बाट सदस्य हरु छनोट गरि समिति गठन भएको छ ।

सो कार्यक्रमका अध्यक्ष गोपाल बिक र प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य एबम घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा रहेका थिए। थापाले कार्यक्रम उद्द्घाटन गरि आफ्नो मन्तब्यमा युवाहरुको महत्वपूर्ण भुमिमा बाट घिरिङ सरकार एमालेको नेत्तृत्वमा पर्न सफल भएको बताएका थिए।

बिशिस्ट अतिथी एमाले प्रदेश कमिटी सदस्य बिष्णु भक्त सिक्देल, एमाले घिरिङ सह इन्चार्ज रन बहादुर राना, राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सदस्य एबम तनहुँ जिल्ला इन्चार्ज उज्वल खनाल, एमाले जिल्ला सदस्य तथा पुर्व युवा संघ केन्द्रिय सदस्य नर बहादुर थापा, राष्ट्रिय युवा संघ तनहुँ जिल्ला अध्यक्ष मदन तिमल्सिना, एमाले घिरिङ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन संसार रानाभाटले गरेक थिए। बक्ताहरुले युवाहरु एकजुट भई एमालेमय देश बानाउनु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *