टिम नेपो तनहुँको चौथो पदस्थापन सम्पन्न

Byकिरण श्रेष्ठ

१३ भाद्र २०७९, सोमबार १७:३७ १३ भाद्र २०७९, सोमबार १७:३७ १३ भाद्र २०७९, सोमबार १७:३७

तनहुँ । टिम नेपो तनहुँको चौथो पदस्थापन कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । उक्त पदस्थापन कार्यक्रमको प्रमुख अतिथि क्लवका पूर्वअध्यक्ष गोविन्द तिमल्सेनाले जनजुक्त माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा जेनिशा कुमाललाई शैक्षिक सामाग्री हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि एवम पुर्वअध्यक्ष तिमल्सेनाले नेपोमा आवद्ध सदस्यहरुले आफ्नो थोरै खर्च कटाएर गरिब दिनदुखी र असाहायहरुलाई सहयोग गरी उदाहरणीय कार्य गरिरहेको र निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले संगै सहकार्य गरी अगाडी बढ्न तयार रहेको बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) तनहुँका अध्यक्ष किरण श्रेष्ठले टिम नेपोले युवा संगै सामाजिक क्षेत्रमा सहयोग गरिरहेको र निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा भानु नगरपालिका ६ का नाकको क्यान्सर पिडित विशाल कुमार श्रेष्ठलाई रु ७ हजार ३१५ आर्थिक सहयोग गरिएको क्लबका सचिव रमेश नेपालीले बताए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मिन कुँवरले आफ्नो कार्यकालमा सहयोग पुर्याएका केहि सदस्यलाई सम्मान समेत गरेका थिए । क्लबले सो अवसरमा आफ्नो वार्षिक कोशेली समेत प्रकाशन गरेको थियो ।

यस्तो छ नयाँ समिति

टिम नेपो तनहुँले वर्ष २०२२/२३ को अध्यक्षमा रवि अधिकारीलाई चयन भएका छन । यस्तै सचिवमा रमेश नेपाली, कोषाध्यक्षमा मोनिका वि क चयन भएका छन ।

यस्तै मेमरसिप कोअर्डिनेटरमा विष्णु वि क, पब्लिसिष्टमा रुपेश राज पन्थ, पार्टनसिप कोअर्डिनेटरमा अप्सरा लामा तमाङ, इडिटरमा दिल बहादुर थापा, फन्ड राइजिङ कोअर्डिनेटरमा सरस्वति मिश्र, भोलेन्टिएर कोअर्डिनेटरमा पवित्रा भुजेल, इभेन्ट कोअर्डिनेटरमा सागर कुवर चयन भएको निवर्तमान अध्यक्ष मिन बहादुर कुवरले जानकारी दिए ।

त्यस्तै प्रमोसन कमिटिमा सन्तोष ओझा, सन्तोष दाहाल चयन भएका छ्न । त्यस्तै सल्लाकारमा पुर्वअध्यक्ष गोविन्द तिमिल्सिना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *