पत्रकार राना र न्यौपाने तनहुँ समाज हङकङद्वारा सम्मानित

Byखवरबाटिका

१५ भाद्र २०७९, बुधबार १६:१७ १५ भाद्र २०७९, बुधबार १६:१७ १५ भाद्र २०७९, बुधबार १६:१७

तनहुँ । तनहुँ समाज हङकङले आफ्नो स्थापना दिवसको अवसरमा जिल्लाका दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष पत्रकार सम्मान कार्यक्रम गर्दै आएको समाजले बुधवार तनहुँ जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई सम्मान गरेको हो ।

समाजले जिल्लामा गरेको सामाजिक कामलाई सञ्चारमाध्यमको तर्फबाट प्रचारप्रसारमा सहयोग पु¥याए बापत समाजले दुई जना पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप राना र महासंघकका पूर्व सहसचिव कृष्णचन्द्र न्यौपाने रहेका छन् ।

पत्रकारद्वय राना र न्यौपानेलाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रशंसापत्र र नगद पुरस्कार राशी रु. पाँच हजारले सम्मान गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख न्यौपानेले तनहुँ समाज हङकङले विगतदेखि नै तनहुँको विकासमा योगदान गरेको बताए ।

तनहुँमा पिसिआर प्रयोगशाला स्थापना, कोभिड व्यवस्थापन सँगै विभिन्न रोग लागेकाहरुलाई आर्थिक सहयोग गरी समाजले ठुलो मानवीय सेवा गरेको बताए । त्यस्तै जिल्लाको शैक्षिक विकासमा पनि उत्तिकै योगदान रहेको चर्चा गर्दै न्यौपानेले पत्रकार सम्मानले पत्रकारलाई पेशा र समाजप्रति थप उत्तरदायि बन्न प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

तनहुँ समाज हङकङका निर्वतमान अध्यक्ष जंगबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष भीमराज गुरुङले समाजमा आवद्ध सदस्यहरुको सहयोगले तनहुँमा विभिन्न कल्याणकारी काम गर्न सफल भएको बताए । सोही अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेलले समाजले पत्रकार महासंघको भवन निर्माणदेखि नै समाजको सहयोग प्राप्त भइरहेको बताए ।

साथै तनहुँ समाज हङकङले जिल्लामा गरेको सामाजिक काम अन्य देशमा रहेकाहरुलाई पनि अनुशरण गरी जिल्लाको बिकासका लागि एकजुट हुन सन्देश दिएको बताए । कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल पत्रकार महासंघका सचिव प्रताप रानाले सम्मानले आफूलाई थप हौसला मिलेको बताए ।

साथै समाजले जिल्लामा गरेका गतिविधिको प्रंशसा गरे । कार्यक्रमममा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारी, प्रेस युनियन तनहुँका अध्यक्ष अमर नहर्की, प्रेस चौतरी नेपाल तनहुँका अध्यक्ष राजकुमार (बिबि) श्रेष्ठ लगायतले जिल्लामा गरेको सामाजिक कामको चर्चा गरेका थिए ।

समाजले तनहुँमा विगत ११ वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *