गितल प्रतिष्ठान तथा नाटक मञ्चको अध्यक्षमा पुनः अधिकारी

Byखवरबाटिका

२७ भाद्र २०७९, सोमबार ११:४७ २७ भाद्र २०७९, सोमबार ११:४७ २७ भाद्र २०७९, सोमबार ११:४७

तनहुँ । गितल प्रतिष्ठान तथा नाटक मञ्चको अध्यक्षमा पुनः आकाश अधिकारी निर्वाचित भएका छन् । शनिवार दमौलीमा सम्पन्न छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अधिकारीलाई दोस्रो कार्यकालको लागि पुन: अध्यक्षमा निवार्चित गरेको हो ।

त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा दिवाकर भट्टराई, उपध्याक्षमा शान्ता बास्तोला, सचिवमा माधव प्रसाद अधिकारी, सह–सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा हरिश्चन्द्र वाग्ले रहेका छन् । सदस्यहरुमा अन्जना तिमल्सिना, शिव आर्य, बन्धुराज अधिकारी, याम प्रसाद सापकोटा र सुदिप पौडेल निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले तनहुँमा सेलाउदै गएको साहित्यक गतिविधिलाई गितल प्रतिष्ठानले बिउत्याउने काम गरेको बताए ।

प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा साहित्यिक एवम् राजनीतिक ब्यक्तित्वहरु श्रीराम कार्की, प्रगतिशील लेखक सघ तनहुँकी अध्यक्ष कल्पना पौडेल, समाजसेवि भाग्यशाली ढुगांना, प्रतिष्ठानका पूर्व अध्यक्ष शंकरराज नहर्की, साहित्यकार राजु दाहाल, कल्पना घिमिरे ,माधब अधिकारी, यामप्रसाद सापकोटा, हरिश्चन्द्र वाग्ले, शिव आर्य, अन्जना तिमल्सिना लगायतले तनहुँ साहित्यको उर्वर भूमि भएपनि अपेक्षित विकास नभएको बताएका थिए ।
निरन्तर साहित्यिक गतिविधि सञ्चालन गरी राष्ट्रिय साहित्यमा योगदान पुग्ने गरी सर्जक र संस्था दुबै लाग्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

कार्यक्रममा स्वागत सहसचिव शान्ता बास्तोलाले गरेकी थिइन भने कार्यक्रमको सहजीकरण सचिव दिवाकार भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *