भिमादमा एकिकृत समाजवादीको निर्वाचन परिचालन कमिटी गठन

Byखवरबाटिका

२७ भाद्र २०७९, सोमबार १८:३५ २७ भाद्र २०७९, सोमबार १८:३५ २७ भाद्र २०७९, सोमबार १८:३५
भिमाद । नेकपा एकिकृत समाजवादी पार्टी तनहुँले आसन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचन केन्द्रित कार्यक्रम, बैठक र भेलालाई तीव्रता दिन थालेको छ ।
अहिले विभिन्न स्थानीय तहमा भेला गरेको पार्टीले सोमबार भिमादमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । भिमाद नगर कमिटीको बैठकले नगर अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि सांगठनिक गति तीव्र रुपमा अगाडी बढाउने निर्णय गरेको छ । यस्तै भिमाद नगरपालिकाका विभिन्न वडामा पार्टीको अवस्थाको विषयमा जानकारी लिने र पार्टीमा आकर्षण बढाउने विषयमा छलफल भएको नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीका पोलिटव्युरो सदस्य पिएल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्की, राष्ट्रिय पार्षद् भक्त रसाइली लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *