गुणादीका स्थानीयसंग रामचन्द्र पौडेलले फेसबुकबाट मागे माफी

Byखवरबाटिका

२८ भाद्र २०७९, मंगलवार १७:४० २८ भाद्र २०७९, मंगलवार १७:४० २८ भाद्र २०७९, मंगलवार १७:४०

तनहुँ । तनहुँको एक कार्यक्रममा गुणादीको पानी खान अयोग्य भएको भन्दै भाषण गरेपछि आलोचना खेपेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माफी मागेका छन् ।

जिल्लाको दमौलीमा भएको एक कार्यक्रममा गुणादीको पानी खाएर दमौलीबासी रोगी भएको तर मादीको पानी खान थालेपछि समस्या समाधान हुन थालेको भन्दै उनले अभिब्यक्ति दिएका थिए ।

जिल्लाकै सवैभन्दा ठुलो बजार दमौलीका नागरिकहरुलाई खेत सुकाएर पानी दिएका गुणादी बासीले नेता पोैडेलको अभिब्यक्तिले आफुहरुको भावनामा चोट पुगेको भन्दै पछिल्लो केहीदिनदेखी खानेपानी वितरणमा रोक लगाएका थिए ।

उनीहरुले आफुहरुको आवश्यकता रोकेर खानेपानी दिदाँ समेत लाञ्छना लगाइएको भन्दै वरिष्ठ नेता पौडेलले माफी नमागेसम्म पानी नदिने अडान लिएका थिए ।

गुणादी बासीको अडानबाट खानेपानी आपूर्तिमा समस्या हुन थालेपछि पौडेलले मंगलबार सामाजिक सञ्जाल मार्फत क्षमा मागेका हुन् । उनले खानेपानी प्रशोधन हुनुपर्ने पक्षलाई समेटेका भएपनि अभिब्यक्तिलाई तोडमोड पारेर गलत सन्देश प्रवाह गराइएको भन्दै असन्तुष्टी समेत ब्यक्त गरेका छन् । उनले गृह जिल्लामा दमौली र गुणादीका नागरिक विचको स  म्वन्ध सुमधुर हुनुपर्नेमा समेत जोड दिएका छन् ।

यस्तो छ पौडेलको फेसबुक पोष्ट :

https://www.facebook.com/photo/?fbid=624825395672991&set=a.402750051213861

Leave a Reply

Your email address will not be published. Required fields are marked *