तनहुँ । तनहुँमा पछिल्लो पटक ‘पार्टी प्यालेस’हरु थपिँदै गएका छन् । पार्टी प्यालेस सँस्कार बढ्दै गएपछि व्यवसायीहरु यतातर्फ आकर्षित भएका छन् । अझै पनि पार्टी प्यालेस थपिने क्रम भने रोकिएको छैन ।
पार्टी प्यालेसको यहि भीडमा पछिल्लो पटक थपिएको अर्को पार्टी प्यालेस हो, ‘दरबार इभेन्ट्स’ । तनहुँको दमौली स्थित व्यास-४ बाघबजारमा खुल्न लागेको यो पार्टी प्यालेसमा निक्कै राम्रो लगानी रहेको यसका संचालकहरुले बताएका छन् ।
युवा व्यवसायीहरु मिलेर यो पार्टी प्यालेस संचालनमा ल्याउन लागेका हुन् । लामो समय यता पार्टी प्यालेस व्यवसायमा अनुभव बटुलेका व्यवसायीले संचालनमा ल्याउन लागेको पार्टी प्यालेसमा एउटा सुविधासम्पन्न हल रहेको छ । हल २ सय सिट क्षमता रहेको छ ।
दमौलीको मुख्य बजार नजिकै सो पार्टी प्यालेस स्थापना हुन लागेको छ । यसअघी उक्त भवनमा मनकामना चलचित्र घर रहेको थियो ।
यहीं २०७९ मङ्सिरदेखी संचालान गर्ने लक्ष्यका साथ निर्माण भईरहेको संचालक जीवन श्रेष्ठले जानकारी दिए । मङ्सिरको लागी बुकिङ समेत सुरु भईसकेको श्रेष्ठले जानकारी दिए । उनले थपे ‘बुकिङ समेत खुल्ला रहेको छ ।’
‘वैवाहिक र अन्य समारोहका लागी तनहुँमा नै काठमाडौ, पोखराको स्तरमा सेवा दिने लक्ष्य छ ।’ संचालक श्रेष्ठले भने ‘डेकुरेसनको हिसाबले पोखराको भन्दा पनि राम्रो रहेको छ ।’ उनि अगाडी थपछन् ‘हामि विशेष गरेर इभेन्ट्सहरुलाई बढी फोकस गर्छौ ।’
उक्त पार्टी प्यालेसमा रेस्टुरेन्टको समेत सुविधा रहेको संचालक श्रेष्ठले जानकारी दिए ।