दमौलीमा आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव हुने

Byकिरण श्रेष्ठ

२५ मंसिर २०७९, आईतवार १२:०१ २५ मंसिर २०७९, आईतवार १२:०१ २५ मंसिर २०७९, आईतवार १२:०१

तनहुँ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव पुष २२ गतेदेखि संचालन हुने भएको छ ।

महोत्सव दमौलीमा आगामी पुष २२ गतेदेखि माघ ३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा २३० विभिन्न स्टल रहने शनिबार आयोजिय पत्रकार सम्मेलनमा महोत्सवका मुल संयोजक सुजित हिराचनले जानकारी दिए ।

जसमा २१० वटा व्यवसायीक र २० वटा प्रदर्शनीको लागी स्टल रहनेछ ।

उद्योग वाणिज्य संघ र जनजाति महासंघ बीच लिखित सहमति गरेर आलोपालो प्रत्येक वर्ष महोत्सव गर्ने निर्णय भएको संस्थाकी निवर्तमान अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिईन ।

स्थानीय र ख्याति प्राप्त कलाकारको प्रस्तुति महोत्सव हुने संयोजक हिराचनले बताए ।

सुरक्षाको लागी जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगाएत संग समन्वय भएको उनलेे जानकारी दिए ।

जिल्लाको दमौली स्थित व्यास–३ स्थित विपि वन बाटिकामा महोत्सव गर्न लागिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, तनहुँको आयोजना नेपाल मगर संघ तनहुँ, नेवा खल तनहुँ, दरै समाज तनहुँ, भुजेल समाज तनहुँ, तमु ह्यूल छोंजधिं तनहुँ, नेवा खल तनहुँ, दरै समाज तनहुँ, भुजेल समाज तनहुँ, तामाङ्ग घेदुङ्ग, कुमाल समाज तनहुँ, दुरा समाज तनहुँ, वोटे समाज तनहुँ, चेपाङ्ग समाज तनहुँ, किरात समाज तनहुँ, मार्फा थकाली सेवा सदन तनहुँको सहआयोजनामा महोत्सव गर्न लागिएको हो ।

महोत्सवको माध्यमबाट जनजाति समुदायको कला संस्कृतिको संरक्षण एवं आदिवासी जनजातिको जिवन्त संग्रहालय बनाउने उदेश्यका साथ महोत्सव गर्न लागिएको
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सुजित हिराचनले बताए ।

महोत्सवमा करिव ३ लाख पर्यटकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ भने ३ करोडको आर्थिक कारोवार हुने एवं २ सय ३० वटा व्यापारिक स्टल रहने अध्यक्ष हिराचनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *