भानु । तनहुँको भानुमा धारिलो हतियार प्रयोग गरी एक जना वृद्धको हत्या भएको छ । जिल्लाको भानु नगरपालिका-६ टुहुरेपसल स्थित डुम्रे-चन्द्रवती भित्री सडक खण्डमा ६८ वर्षीय सन्तबहादुर गुरुङ (जमदार साइला)को धारिलो हतियार खुडा प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेका व्यास नगरपालिका वडा नं.८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

सो घटना सोमबार बिहान साढे ११ बजे भएको प्रहरीले जनाएको छ । प्रहरी टोली र स्थानीय मिलेर हत्यामा संलग्न परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त घटनामा संलग्न परियारलाई हातियार सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

कसरी भयो घटना ?

तनहुँको व्यास-८ रिस्तीबाट आइतबार राति भानु-६ टुहुरेपसलमा झाक्रीकोमा फुकफाक गर्नका लागि आएका २४ वर्षीय आशिष परियारले सोमबार बिहान ११ बजेको समयमा भानु ६ टुहुरेपसलका ६८ वर्षीय सन्तबहादुर गुरूङ (जमदार साइला)को घरमा छिरेर खुडा झिकेर लगेको थिए ।

त्यसपछी बजारमा खुडा नचाएको र आफ्नो घरमा छिरेर खुडा निकाल्ने परियारसँग यस्तो गर्न हुँदैन भनि सम्झाएर खुकुरी फिर्ता गर्न जाँदा सम्बन्धित ब्यक्ति (गुरुङ)लाई नै आक्रमण गरि बिभत्स ढंगले हत्या गरिएको स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *