घिरिङमा शिक्षकको कुटपिटबाट छात्रा घाइते, अस्पताल भर्ना

Byखवरबाटिका

९ माघ २०७९, सोमबार १६:३५ ९ माघ २०७९, सोमबार १६:३५ ९ माघ २०७९, सोमबार १६:३५

घिरिङ । तनहुँको घिरिङ गाउँपालिका स्थित चन्द्रज्योती माविका प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गर्दा विद्यार्थी घाइते भएका छन ।

विद्यालयका प्रअ प्रेम थापाले कक्षा १० मा अध्ययनरत विद्यार्थी लाई कुटपिट गरेका हुन ।

एसइइको पुर्व तयारि कक्षाका लागी होस्टलमा पढ्दै गरेकी भिमाद नगरपालिका ४ बरण्डांडाको लिला मायाँ आलेलाई लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी हुन ।

घाइते विद्यार्थी आलेलाई बेलचौतारा स्थित जिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा लगिएको छ ।

होस्टलमा आइतबार ४२ जना विद्यार्थीलाई टेस्ट परीक्षा लिँदा अधिकंशा विद्यार्थीले उत्तर नजानेको भन्दै शिक्षक थापाले सबैलाई लठ्ठीले पिटेको स्वीकार गरेका छन ।

प्रअ थापाले भने ‘ती नानिलाई भने पहिल्यै देखि पिसाब सम्बन्धिको समस्या रहेकोले समस्या बढेको होला ।’

यता घाइते विद्यार्थीका आफन्तले भने पिट्ने शिक्षकलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *