भजन संंकृतन समूहको अध्यक्षमा गौतम

Byखवरबाटिका

१० माघ २०७९, मंगलवार १०:२४ १० माघ २०७९, मंगलवार १०:२४ १० माघ २०७९, मंगलवार १०:२४

तनहुँ । तनहुँको व्यास–५ मा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको अध्यक्षमा विष्णु गौतम चयन भएका छन् । संस्थाको पाँचौ साधारण सभा एवं तेश्रो अधिवेशनले संस्थाको अध्यक्षमा गौतमलाई सर्वसम्मत चयन गरेको हो ।

कार्यवाहक अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न भएको पाँचौ साधारण सभा एवं तेश्रो अधिवेशनमा वयोवृद्ध मानसिंह थापाले पानसमा वत्ति बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

पाचौ साधारण सभा तथा तेश्रो अधिवेशनले उपाध्यक्षमा आईतमाया थापा, सचिवमा शरण खनाल, सहसचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र खनाल, सह कोषाध्यक्षमा पदम कुमार श्रेष्ठलाई चयन गरेको छ भने सदस्यहरुमा तेजप्रसाद अधिकारी, खुमा थापा, राजकुमार श्रेष्ठ, रोशन खनाल, शोभा खनाल, दिलमाया आले, र अमृता खनाललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

साधारणसभाका संस्थाको कोषाध्यक्ष हरिशरण आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै गरि कार्यक्रममा चापाघाट टोल विकास संस्थाका अध्यक्ष नर वहादुर आले, भुपु सैनिकका अध्यक्ष मानध्वज थापा, आदिकवि भानुभक्त क्याम्पस संचालक समितीका अध्यक्ष वुद्धिमान श्रेष्ठ, अम्विका आचार्य, लगायतले धारणा राखेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथी व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘हिमाल’ले भजन संकृतन समुह विशुद्ध मानवीय संस्था भएको हुदाँ वृद्धवुवा आमाको सम्मान आजको आवश्यकता भएको बताए । संसारमा सवैभन्दा ठुलो धर्म नै मानव धर्म भएको हुदाँ संस्थाले वृद्धवृद्ध लक्षित विभिन्न कार्यक्रम गर्नुपर्ने बताए । संस्थाले वृद्धवृद्धलाई भजन किर्तन, खाने, वस्ने र रमाउने व्यवस्था गरेको हुदाँ अवको दिनमा अरु परिस्कृत रुपमा मानव सेवामा लाग्नुपर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष विष्णु गौतमले सबैको साथ र सहयोगले यो सस्था यहाँसम्म आईपुगेको हुदाँ संस्थाको आवश्यकता र मर्म अनुसार काम गर्ने बताए । भजन संकृतन समुहले वृद्धवृद्धलाई लक्षित गरि खाने, वस्ने, भजन सुन्ने, गाउने, बजाउने र रमाउने लगायत विभिन्न व्यवस्था गर्दे आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *