म्याग्देको वरभञ्ज्याङ खर्कमा ३ करोड लगानीमा कालिज फर्म संचालन

Byखवरबाटिका

१० माघ २०७९, मंगलवार १०:४० १० माघ २०७९, मंगलवार १०:४० १० माघ २०७९, मंगलवार १०:४०

म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिका वडा नं ७ स्थित वरभञ्ज्याङ खर्कमा ३ करोड लगानी गरेर कालिज फर्म संचालन भएको छ । २२ रोपनी जग्गामा शुरु गरिएको कालिज फर्म गण्डकी कृषि फर्मका ईन्द्र प्रसाद तिवारीले संचालन गरेका हुन् ।

गत १५ महिना अगाडीबाट शुरु भएको कालिज फर्ममा २ हजार ५ सय थान कालिज रहेका छन । गाँउमा नै कृषि र उत्पादनमा लागौ भनेर कालिज पाल्न शुरु गरेको संचालक तिवारीले बताए । उनि भन्छन ‘केही समय पछि तरकारी पनि लगाउने सोच बनाएको छु ।’

कालिजको अण्डालाई ह्याचरी गरि कालिज उत्पादन गरिएको तिवारीले बताए । ‘उत्पादन भएको अण्डा सबै यहि उत्पादन गरेका छौ । हरेक कालिजले अण्डा दिनका लागी कम्तीमा ६ महिना पर्खन पर्दछ, त्यसपछि मात्र यसले उत्पादन दिन्छ’ तिवारीले भने । कालिजलाई दाना र स्थानिय घाँस खुवाउँदै आएको उनले जनाकारि दिए ।

अहिले प्रति कालिज २ हजार ५ सयमा भाले र १ हजार ८ सयमा पोथी कालिज विक्री गर्दे आएका तिवारीले बताए । अण्डाको प्रति क्रेट ९ सयमा विक्री हुने र दैनिक ४ हजार बराबरको दानामा खर्च भएको संचालक तिवारीले जानकारी दिए । फर्ममा दैनिक १५०० सम्म अण्डा उत्पादन हुने उनले बताए ।

म्याग्दे गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतले सो गण्डकी कृषि फर्मको अनुगमन गरेका थिए । सोही क्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गरेमा सवै थोक हुन्छ, यसका लागी गर्ने आत्माविश्वास र हिम्मत चाहिने बताए । उनले अगाडी थपे ‘कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागी पालिका सदैव तत्पर रहेको छ ।’

अहिले कालिज फर्ममा अण्डा र कालिज खरिदका लागी फर्ममा नै आउने संचालक तिवारीले बताए । ‘ठुलो लक्ष्यका साथ काम गरिएको हुदाँ अझ बढि लगानी गर्ने सोच छ । उनले भने ‘अब कृषि फर्म पनि शुरु गर्ने योजना रहेको छ ।’ व्यवसायिक रुपमा कृषि र व्यवसायिक फर्मका लागी सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *