म्याग्दे । चिमखानाका कृष्ण खड्काले बाख्रा पालेर नै जीविकापार्जन गर्दे आएका छ । तनहुँको म्याग्दे गाँउपालिका वडा नं ५ स्थित चिमखानमा कृष्णले विगत देखि नै बाख्रा पालेर जीविकोपार्जन गर्दे आएका हुन् ।
कृपा कृषि तथा पशु फर्म दर्ता गरेर वाख्रा पालन गरेका कृष्ण खड्काले २८ वटा बाख्रा पालेका छन् । घरमा श्रीमती, छोरा र बुवा आमा सहित कृषिमा लागेको खड्का बाख्रा पालनमा लागेको वर्षो भईसक्यो । ‘जहाँ गएपनि केही न केही गर्नुपर्दछ, त्यो भन्दा आफनो गाँउमा नै बाख्रा र कृषिमा लागेको कृष्णले बताए ।
उनि भन्छन ‘घरमा खाली बस्नुपरेको छैन । आम्दानीको श्रोत राम्रो बनेको छ । काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानु पर्दैन ।’ मासिक ७ हजार भन्दा बढि वाख्रा पालनमा खर्च हुने कृष्ण बताउछन । उनले आफ्नै जग्गामा बाख्राका लागी घाँस लगाएका छन् । लोकल बाख्राको मुल्य राम्रो हुने र रिस्क पनि कम हुने हुदाँ बाख्रा व्यवसायमा आफुलाई सन्तुष्टि मिलेको उनले बताए ।
खर्च कटाएर राम्रै आम्दानी हुने र बजारमा कुनै समस्या नभएको उनि बताउछन । सरदरमा मासिक ३० हजार आम्दानी भईरहेको उनले बताए । खड्काले बाख्रा मात्र होईन, व्यवसायिक रुपमा तरकारी खेती पनि लगाएका छन् ।
करिव ५ रोपनी क्षेत्रफलमा काउली खेती गरेका खड्काले तरकारी विक्रीबाट पनि राम्रो आम्दानी भएको उनले बताए । बजार नजिक भएको र शुद्ध तरकारी वेच्न आफै जाने हुदाँ खासै बजारको समस्या छैन, खड्काले भने । हालसम्म कुनै पनि संघसस्थावाट अनुदान रकम नपाएको कृष्ण खड्का म्याग्दे गाँउपालिकाका अध्यक्ष उपाध्यक्षको टोलीलाई बताए ।
सो क्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खड्काको कृषि र उत्पादनको प्रसंशा गरे । सवैले आफुलाई चाहिने न्युनतम आवश्यकता उत्पादन तथा विक्री गर्न सकियो भने कमाउन विदेशिनु नपर्ने अध्यक्ष श्रेष्ठले बताए । पालिका कृषकको आवश्यकतामा गम्भिर भएको हुदाँ निरन्तर कर्ममा लाग्न अध्यक्ष श्रेष्ठले आग्रह समेत गरेका थिए ।