दमौलीमा ईही (बेल विवाह) कार्यक्रम शुरु

Byखवरबाटिका

१० माघ २०७९, मंगलवार २१:१८ १० माघ २०७९, मंगलवार २१:१८ १० माघ २०७९, मंगलवार २१:१८

तनहुँ । नेवाः देय दवू गुठी समन्वय समितीको आयोजनामा तनहुँको दमौलीमा ईही (बेल विवाह) कार्यक्रम शुरु भएको छ । नेवारी संस्कृति र परम्परा अनुसार गरिने बेल विवाह कार्यक्रम नेवारी पण्डित लाल प्रसाद प्रधान र बाबुकुमार श्रेष्ठले गर्नेछन् ।

२०७० सालदेखि नै ईही (बेल विवाह) कार्यक्रम शुरु गर्दे आएको नेवाः देय दवु गुठी समन्वय समितीका अध्यक्ष सन्तलाल श्रेष्ठले बताए । १६ जना नेवारी किशोरीहरु को (५ वर्ष देखि ११ वर्ष सम्म) ईही (बेल विवाह) हुने समितीका उपाध्यक्ष शंकरकुमार श्रेष्ठले बताए ।

नेवारी परम्परा भित्र रजस्वला हुनभन्दा अगाडी नै ईही (बेल विवाह) गरिने परम्परा रहेको छ । ईही (बेल विवाह) कार्यक्रममा जिल्लाभरबाट सहभागिता रहेको समितीले जनाएको छ । कार्यक्रम यहि माघ ११ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *