दमौलीमा रोटरी रोटर्‍याक्ट होली महोत्सव हुने

Byखवरबाटिका

१८ फाल्गुन २०७९, बिहीबार १८:४४ १८ फाल्गुन २०७९, बिहीबार १८:४४ १८ फाल्गुन २०७९, बिहीबार १८:४४

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीले विविध कार्यक्रमका साथ चौथो रोटरी रोटर्‍याक्ट होली महोत्सव आयोजना गर्ने भएको छ । आगामी फागुन २२ गते फागु पुर्णिमाको अवसरमा क्लबले दमौली स्थित खुल्ला चौरमा होली महोत्सव आयोजना गर्ने भएको हो ।

होली महोत्सव बारे क्लबले बिहीवार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । एकआपसमा रंग आदनप्रदान गर्दै सामाजिक सद्भाव , शान्ति र एकता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

‘सबै उमेर समूहका मानिसले रमाइलो अनुभुति गर्ने गरी एकै साथ एकै ठाँउमा होली खेल्ने वातावरण बनाउन हामीले हरेक वर्ष होली महोत्सव आयोजना गर्दै आएका हौ’ श्रेष्ठले भने ‘मनोरञ्जनको माध्यमबाट स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनमा सहयोग पु¥याउनु पनि होली महोत्सवको उद्देश्य रहेको छ ।’

सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । रंगसँगै डोरी तान्ने, घैंटो फुटाई, बासको लिङ्गोबाट भाले झिक्ने लागयतका खेलहरु पनि जोडेर होलीलाई विशेष बनाउने प्रयास गरिएको कार्यक्रम संयोजक विशाल खत्रीले जानकारी दिए ।

स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई समेत समावेश गर्ने आयोजकले बताएको छ । साथै ख्याती प्राप्त डिजे तथा व्याण्डको प्रस्तुती समेत रहनेछ । विभिन्न प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था समेत गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई सफल र मर्यादित बनाउन स्थानीय प्रशासनहरुसँग समेत सहकार्य गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *