तनहुँको दमौलीमा रोटर्‍याक्टको होली महोत्सव, झुमे युवादेखि वृद्धसम्म (तस्विरहरु)

Byकिरण श्रेष्ठ

२३ फाल्गुन २०७९, मंगलवार ११:५८ २३ फाल्गुन २०७९, मंगलवार ११:५८ २३ फाल्गुन २०७९, मंगलवार ११:५८

दमौली । रंगहरूको पर्व होली तनहुँको दमौलीसहित जिल्लाका विभिन्न भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो ।

रोटर्‍याक्ट क्लब अफ दमौलीले जिल्लाको दमौलीमा होली विशेष कार्यक्रम “चौथो रोटरी रोटर्‍याक्ट होलि महोत्सव”को आयोजना गरेको थियो, जहाँ युवायुवतीहरु आपसमा रंग, अविर दलेर आत्मीयता साटासाट गरिरहेका थिए ।

सो होली महोत्सवमा युवादेखि वृद्धसम्म रमाइरहेका थिए भने कोहीले सेल्फी लिइरहेका थिए ।

रोटर्‍याक्ट क्लब अफ दमौलीले फागु पुर्णिमाको अवसरमा दमौली स्थित खुल्ला चौरमा होली महोत्सव आयोजना गरेको हो ।

एकआपसमा रंग आदनप्रदान गर्दै सामाजिक सद्भाव , शान्ति र एकता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

‘सबै उमेर समूहका मानिसले रमाइलो अनुभुति गर्ने गरी एकै साथ एकै ठाँउमा होली खेल्ने वातावरण बनाउन हामीले हरेक वर्ष होली महोत्सव आयोजना गर्दै आएका हौ’ श्रेष्ठले भने ।

सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने गरिएको थियो । रंगसँगै डोरी तान्ने, घैंटो फुटाई, बासको लिङ्गोबाट भाले झिक्ने लगायतका खेलहरु पनि जोडेर होलीलाई विशेष बनाइएको कार्यक्रम संयोजक विशाल खत्रीले जानकारी दिए ।

सो मध्ये डोरी तान्ने खेलमा पुरुषको समुहबाट डी-ल्याण्ड ए र महिला तर्फबाट द बुल्स जिम प्रथम भएको थियो । प्रथम हुने दुवै समुहले नगद रु ३-३ हजार सहित प्रमाणपत्र पाएका थिए । अन्य खेलमा भने बिजयी हुन नसकेको आयोजकले जनाएको छ ।

यस्तै कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमलाई समेत समावेश गरिएको आयोजकले जनाएको छ । पावर जिमबाट जुम्बा, भिक्टोरिया डान्स स्कुलबाट नृत्य, इन्ट्रयाक्ट ज्ञानगंगाबाट सांस्कृतिक नृत्यका  साथै ख्याती प्राप्त डिजे सिद्धान्तको प्रस्तुती समेत रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।

हेर्नुहोस् तस्विरहरु :

यो पनि :

दमौलीमा रोटरी रोटर्‍याक्ट होली महोत्सव हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *