तनहुँ कांग्रेसको समस्या प्याकेजमै सहमती भए समाधान हुनसक्छ : गोविन्दराज जोशी

Byखवरबाटिका

१९ चैत्र २०७९, आईतवार २१:२९ १९ चैत्र २०७९, आईतवार २१:२९ १९ चैत्र २०७९, आईतवार २१:२९

दमौली । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँका कांग्रेसको समस्या प्याकेजमै सहमती भएमा समाधान हुन सक्ने बताएका छन ।

नेपाली कांग्रेस स्वतन्त्र अभियानको विशेष भेलालाई आईतबार दमौलीमा सम्बोधन गर्दै नेता जोशीले सो कुरा बताएका हुन ।

आफू निकट नेता, कार्यकतालाई पार्टीले केही वर्ष देखि अछुत व्यवहार गरिएकोले साच्चै यो समस्या हल गर्न पार्टीले चाहेको हो भने केन्द्र देखि वडासम्म व्यापक छलफल गरी सबैलाई सम्मान जनक प्रवेश गराउने हो भने आफू कांग्रेसमा आउन तयार बताए ।

यही उद्धेश्य परिपूर्तिका लागि आफूले एक वर्ष अघि वार्ता समिति गठन गरेता पनि पार्टीले हालसम्म कुनै वास्ता नगरेकोले अब पनि पार्टीले इमान्दारीपूर्वक वार्ता गरेर समस्या हल गर्छ भन्ने कुरामा आफूलाई विश्वास नलागेको जोशीले बताए ।

उपनिर्वाचनको सन्दर्भमा नेता जोशीले जनमत संग्रह पछिको २०३८ सालको आम निर्वाचनलाई विपीले बहिष्कार गरे जस्तै यो निर्वाचनलाई बहिष्कार गर्न सकिने सम्भावना रहेको बताए। हालका चर्चित तीन उम्मेदवारका केही राम्रा र कमजोरी रहेको परिवेशमा कसलाई मतदान भन्ने कुरा उचित समयमा आफूले जिल्लावासीलाई भन्ने नेता जोशीको धारणा थियो ।

कांग्रेस नेता तथा स्वतन्त्र अभियान तनहुँका संयोजक हरिशरण पण्डितको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा विपी विचार समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङ, समाजका गण्डकी प्रदेशका सचिव परशुराम गिरी, कांग्रेस नेताहरु क्याप्टेन रेशमबहादुर गुरुङ, रामदेव पन्थ, विमलराज जोशी, हिमबहादुर रानाभाट, सूर्यचन्द्र लम्साल, विजयराज भट्टराई लगायतको कांग्रेसको समग्र एकता हुँदै पार्टी विपीको विचार, नीति र सिद्धान्तको बाटोमा हिड्नु पर्ने निश्कर्ष थियो ।

साथै वक्ताहरुले वर्तमान कांग्रेस नेतृत्वले सिद्धान्त भन्दा सत्तालाई ध्यानमा राखेर काम गर्दा लोकतन्त्र र कांग्रेस दुवैको बदनामी हुँदै गएको चिन्ता व्यक्त गरेका थिए । भेलामा जोशी निकट कांग्रेस कार्यकताको बाक्लो उपस्थिती रहेको थियो ।

कारबाही फुकुवाबारे नेता जोशीको ध्यानाकर्षण

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टीको कारबाही फुकुवाबारे ध्यानाकार्षण भएको बताए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशी लगायतको कारबाही फुकुवाको निर्णय गरिएको भनि भ्रम छरिएको भन्दै नेता जोशीले एक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका छन ।

‘१० औं हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो, यसप्रति मेरो घोर आपत्ति छ,’ जोशीले भने । यसअघि समस्या समाधानका लागि पटक पटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीद्धारा बेवास्ता गरिएको विज्ञप्तीमा जनाईएको छ । ‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको हल्लाको जति आलोचना गर्दा पनि कम हुन्छ,’ जोशीले विज्ञप्तीमा भने ।

कांग्रेसले आफू र आफूसँग निकट नेता तथा कार्यकर्तासँग कुनै सल्लाह नगरी एकलौटी रूपमा गरेको निर्णयलाई मान्न तयार नरहेको उनको भनाइ छ । ‘चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन सम्बन्धित सबैलाई आग्रह गर्दछु’ जोशीले भने । वषौं देखि कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सबै जीवन अर्पण गरेको सजाय आफू र आफ्नो परिवारले वषौं देखि भोग्दै आएको नेता जोशीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box