बन्दीपुर । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटनविकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म जारी रहने छ । बन्दीपुरगाउँपालिका महोत्सवको संरक्षक रहेको छ ।
बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ वर्षमा सडक खाना महोत्सव गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षकिसन प्रधानले बताए ।
‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्नलागिएको आइतवार बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानले बताए ।
बन्दीपुरमा पर्यटन व्यवसायीहरुको आर्थिक उन्नतीमा वृद्धि गर्न र संस्कृति, परम्परा र मौलिकता साथै लोभ हुन लागेका कला संस्कृतिकोजर्गेन गर्ने सडक खाना महोत्सव गर्न लागेको तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइका अध्यक्ष घनश्याम उपाध्ययले बताए ।
उनले थपे `आन्तरीक तथा बाहय पर्यटकहरु लाई मनोरञ्जन गराउनुको साथै पर्यटकहरु बढी भन्दा बढी भित्र्याउनु यस कार्यक्रमको मुख्यउदेश्य हो ।‘
बन्दीपुर एक ऐतिहासिक, पौराणीक, मौलिकता र संस्कृतिले भरिपुर्ण भएको सुन्दर नगरी पहाडकी रानी बन्दीपुर हो । त्यस कारणले गर्दानयाँ वर्ष २०८० सालको कार्यक्रमका लागि स्थानीय कार्यक्रमहरु लाखे नाच, डोको नाच, बाघ जात्रा, पुतली च्वे, खाच्चा द्यौ, चुड्कानाच, घाटु नाच, बालम नाच, सोरठी नाच, लामा नाच र भजन जस्ता कार्यक्रमहरु हुने क्षेत्रिय होटल संघ बन्दीपुरकी अध्यक्ष संगिताप्रधानले जानकारी दिईन ।
सडक खाना महोत्सबका लागि बन्दीपुरमा उत्पादित अर्गानीक खानेकुराहरुको स्टल राखी प्रर्दशन गर्दै बिक्री वितरण गरिने उनले बताईन।
सो महोत्सव अवधीमा होटलमा पहिलो आउने पाहुनालाई प्रत्यक होटलमा एउटा कोठा १ रुपैयाँमा दिने व्यवस्था मिलाइएकोआयोजकले जनाएको छ । महोत्सवमा ५० हजार पर्यटक र करिब १५ लाख खर्च रहेको समेत आयोजकले जनाएको छ ।
बृहत बन्दिपुर बनाउने अभियानमा यस्ता कार्यक्रमले सहयोग पुर्याउने बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङले बताईन ।उनले अगाडि भनिन सबै बन्दीपुरे एकजुट भएर कार्यक्रम सफल बनाउनु पर्छ र गाउँपालिकाको सहयोग समेत हुन्छ ।
पोखरा जाने पर्यटकलाई बन्दीपुर ल्याउने वातावरण मिलाउने तयारी गरिरहेको गाउँपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।
कसरी पुग्ने बन्दीपुर ?
काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै एक सय ३३ किलोमिटर पार गरेपछि डुम्रे बजार पुगिन्छ । पर्यटकहरू डुम्रे ओर्लेपछि ट्याक्सी लिएरजंगलका हरियालीसमेतको मनोरम दृश्य हेर्दै बन्दीपुरको उकालो चढ्दाको मजा भिन्दै महसुस गर्छन् । घुमाउरो र पहाडको मनोरम दृश्यछिचोल्दै आठ किमि दुरी पार गरेपछि बन्दीपुर आइपुग्छ । काठमाडौंबाट चार घन्टाको सवारीयात्रा गरेपछि पुग्न सकिन्छ भने पोखराबाटदुई घन्टामै ।
यस्तै दमौलीबाट १८ किलोमिटर र डुम्रेबाट ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतकाहिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । यस्तै यहाँ होमस्टेको समेत व्यवस्था रहेको छ ।
यी हुन आकर्षण
भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।
नेपालको तनहुँ जिल्ला स्थित यो विभिन्न जनजाति संस्कृतिको जीवित संग्रहालय हो । यो मनमोहक सुन्दर नगरी पहाडकी रानी बन्दीपुरइतिहास परम्परा र आर्कषक नेवारी बास्तु कलाले भरिएको छ । सुन्दर ढंगले संरक्षित परम्परागत नेवारी घरहरु, ढुंगाले छापेको बाटाहरुर १८ औँ शताब्दीको आर्कषक नेवारी घरहरु छन् भने बन्दीपुरमा पहिले मगरहरु बस्ने गर्थे र मगर भाषमा यस ठाँउको नाम बस्न गयो ।बनको अर्थ वन “दी” को अर्थ पानी र पुरको अर्थ ठाँउ हो । प्रचुर मात्रमा पानीको स्रोत भएको बन क्षेत्रले घेरिएको हुनाले मगरहरुलेयसलाई बन्दीपुर नाम दिएको भन्ने जनधारण छ । हाल आएर नेपालको पर्यटकीय गन्तव्य मध्ये बन्दीपुर पनि एक गन्तव्य हो भने गण्डकीप्रदेशको पोखरा पछिको दोस्रो पर्यटकीय गन्तव्य पनि हो ।