उपनिर्वाचनको आचारसंहिता लागू, को-कोलाई लाग्छ ?

Byखवरबाटिका

२४ चैत्र २०७९, शुक्रबार ०८:२१ २४ चैत्र २०७९, शुक्रबार ०८:२१ २४ चैत्र २०७९, शुक्रबार ०८:२१

तनहुँ । आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् को-कोलाई लाग्छ उपनिर्वाचनको आचारसंहिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *