उनले सो कुरा शुक्रबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।
https://fb.watch/jLBfz3Jk1E/?mibextid=qC1gEa
उनि भन्छन ‘सीमा, नक्सा भनेका मान्छेले कोरेका मानचित्र हुन् । यस क्षेत्रका शंकर भण्डारीलाई मादी पारि पुर्याइदिनुभाछ, म मर्स्याङ्दीपारिको स्वर्णिम वाग्ले यहाँ आएर लड्न नहुने ? तनहुँको प्रदीप पौडेललाई काठमाडौं ५ मा लगेर उतार्नुभयो, उहाँको क्याम्पेनमा मरेर लागेर जिताउन मैले धेरै प्रयास गरेँ ।’
‘नेपालको संविधानमै कुनैपनि नागरिक जुनसुकै क्षेत्रमा गएर लड्न पाइन्छ भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल कास्कीमा जन्मिनुभयो, कहिले सिरहाबाट लड्नुभाछ, अहिले गोरखाबाट जित्नुभयो, यो कुरा चाहीँ अलि बढी संकिर्णता भयो की यस्ता खाले प्रश्न उठाउनका लागि ।’
उनले अर्को क्षेत्रमा गएर चुनाव लड्दैमा टुरिष्ट भनेर हेयको भावनाले हेर्न नहुने बताए । तनहुँ कुनै एउटा दलको गढ नभई लोकतन्त्रवादीको गढ भएको र रास्वपा पनि लोकतान्त्रिक पार्टी भएको वाग्लेको भनाई थियो ।
‘यहॉका जनता कुनै पार्टीका विचारका बन्दी होइनन्, हामीले सबैको आकर्षित तरिकाबाट मत ल्याउँछौ’, उनले भने । चुनाव स्वस्थ प्रतिस्पर्धाबाट लड्ने बताउँदै वाग्लेले आरोप-प्रत्यारोप नगर्ने प्रतिबद्धता जनाए ।