दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीको ५औ अधिबेशन तथा छैटौं साधारणसभा सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।
अधिवेशनबाट ओमराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको छ । प्रथम उपाध्यक्षमा महेन्द्र रिजाल, दित्तिय उपाध्यक्षमा बिशाल पण्डित, तृतीय उपाध्यक्षमा मन बहादुर रुचाल, सचिवमा सुदिप न्यौपाने र कोषाध्यक्षमा सन्जिब अधिकारि चयन भएका छ्न ।
अन्य समिति पछि चयन गर्ने नबनिर्बाचित अध्यक्ष ओमराज श्रेष्ठले बताए ।
क्लबका अहिलेका अध्यक्ष वसन्त गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी क्लबका सस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ(राकु), विशिष्ट अतिथी पुर्बअध्यक्ष सरोज भण्डारी लगायतले बोलेका थिए ।