टिम नेपोद्वारा दमौली अस्पताल परिसरमा सरसफाइ

Byखवरबाटिका

२५ चैत्र २०७९, शनिबार २०:०२ २५ चैत्र २०७९, शनिबार २०:०२ २५ चैत्र २०७९, शनिबार २०:०२

दमौली । टिम नेपो तनहुँले व्यास-३ स्थित रहेको दमौली अस्पताल परिसरमा सरसफाइ गरेको छ ।

उक्त कार्यक्रममा व्यास-३ का वडाअध्यक्ष अनुप राना प्रमुख अतिथि रहेको थिए । सो अवसरमा रानाले भोलिका दिनमा टिम नेपो तनहुँलाइ आवश्यक सहयोग गर्ने प्रतिबद्धता गदै स्थानिय निकाय सँग समन्वय गरी कार्यक्रम गर्न अनुरोध गरे ।

कार्यक्रममा दमौली अस्पतालका प्रशासन प्रमुख डा दिवस ढकालले दमौली अस्पताल परिसरमा फोहोर व्यवस्थापनका लागि आवश्यक सहयोग रहेको बताए ।

कार्यक्रमका सभापति रबि अधिकारीले टिम नेपो तनहुँ स्वस्थ्य, शिक्षा, युवा नेतृत्व र वातावरण क्षेत्रमा रहेर बिभिन्न कार्यक्रम गर्दै आएको र टिम नेपो तनहुँले मानुकोटमा नेपालको झण्डा, विद्यालयमा शैक्षिक सामाग्री, बृक्षारोपण, नेतृत्व विकास तालिम, आखा तथा स्वास्थ्य शिविर, सरसफाइका लगाएका कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रम संयोजक सरस्वति मिश्रले स्वागत मन्तव्य राखेकी थिइन ।

कार्यक्रममा सामुदायिक साझेदारी प्रहरी, दमौली अस्पतालका स्वास्थ्यकर्मी र स्थानियबासीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *