तनहुँ । आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभा उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा हाम्रो नेपाली पार्टीले (लौरो अभियान)ले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आफ्नो उम्मेदवार नउठाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो ।
विज्ञप्ति जारी गर्दै उक्त पार्टीले डा.वाग्लेले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गरेको र हालको अवस्थामा उनको विज्ञता नेपालको संसदमा यथाशीघ्र आवश्यकता रहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ ।