आँबुखैरेनी । उच्च गतिको ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकले तनहुँको पबित्र धार्मिक एवं पर्यटकीय स्थल आँधिमुल मन्दिर क्षेत्रमा बुधबारदेखि फ्री वाइफाई सेवा सुरु गरेको छ ।
वर्डलिंकको आँबुखैरेनी शाखाले यस पालिकाको सबै स्थानमा फ्री वाइफाई वाइफाइ जोन बनाउने लक्ष्यका साथ आँबुखैरेनी-१ स्थित आँधिमुल मन्दिर क्षेत्रमा वर्डलिंकको फ्री वाइफाई सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले विगत केहि समयदेखि आँबुखैरेनीको विभिन्न स्थानहरु टिकट काउन्टर, बस स्टेसन, सहकारी, होटेल, खाजा घर, हिलेखर्क होम स्टे, गाउँपालिका, गोरखाको मनकामना मन्दिर परिसर, चितवनको मुग्लिन बजार लगाएतका क्षेत्रमा वाइफाइ सेवा प्रदान गर्दै आएको छ ।
गुणस्तरमा पनि वृद्धि गर्दै लैजाने वर्डलिंक आँबुखैरेनी शाखाका सेल्स प्रतिनिधि आशिष श्रेष्ठले जानकारी दिए ।
ईन्टरनेट सेवा लिने ग्राहकहरुले गरेको लगानीको केही रकमबाट आगामी आर्थिक वर्षमा थप नयाँ योजना सहित नयाँ प्याकेजहरु ल्याउने तयारी भैइरहेको श्रेष्ठले बताए ।