शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ पिउरीदोभान जीप दुर्घटना भएको छ ।

उक्त दुर्घटना मा जीप चालक को मृत्यु भएको छ भने ७ जना यात्रु घाइते छन ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक स्याङजा पुतलिबजार नगरपालिका वडा नं. ६ बस्ने ३९ वर्षिय कुल बहादुर सुनार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यस्तै घाइते हुनेहरुमा शुक्लागण्डकी नगरपालिका वडा नं. १२ बस्ने वर्ष २१ को मोतिकला भुजेल रहेकी छिन । उनको जि.पि. कोईराला श्वासप्रश्वास केन्द्र बेलचौतारा मा उपचार भइरहेको छ ।

यस्तै घाइते हुनेहरुमा शुक्लागण्डकी नगरपालिका वडा नं. १२ बस्ने बर्ष ३५ कि वविता भुजेल, वर्ष ३१ को कल्पना भुजेल, वर्ष ८ को आरभ भुजेल, वर्ष ९ को रूसिका थापा, वर्ष ३० को तिल कुमारी थापा र वर्ष २७ को हेम कुमारी भुजेल रहेका छन ।

६ जना घाईतेहरुको प्राथमिक उपचार पश्चात थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाईएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

भित्री कच्ची सडक खण्डमा दुलेगौडाबाट पिउरीदोभान तर्फ जादै गरेको ग १ ज ७९४२ नं.को जीप आफै अनियन्त्रित भई सडकबाट अं.१०८ फिट तल पल्टिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *