इमान्दार नेता नहुँदा मुलुकको ढुकुटी रित्तियो : रवि लामिछाने

Byखवरबाटिका

३ बैशाख २०८०, आईतवार २२:५३ ३ बैशाख २०८०, आईतवार २२:५३ ३ बैशाख २०८०, आईतवार २२:५३

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको बताए।

तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले सो कुरा बताएका हुन ।

देशमा अथाह आर्थिक सम्भावना भए पनि इमान्दार नेतृत्व नहुँदा देशले प्रगति गर्न नसकेको उनले बताए । ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारलाई लुकाउनु हुँदैन, छानबिन गर्ने र इमान्दार भएर काम गरे रित्तिएको ढुकुटी भर्न सकिन्छ’ लामिछानेले भने ।

आफ्नो पार्टीले भ्रष्टाचारीलाई महल बनाउन नदिने उनको भनाइ छ । सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि जिम्मेवारीबाट हटाएर अरु पार्टीलाई पनि पाठ सिकाएको उनले बताए ।

रास्वपा तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्ले तनहुँको विकास गर्ने, राजनीतिलाई सङ्लो (सफा) बनाउने र अर्थतन्त्रलाई सुधार गर्न उम्मेदवार रहेको उनले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *