तनहुँमा पनि हर्षोल्लासका साथ मनाइयो इदुलफित्र (फोटो फिचर सहित)

Byखवरबाटिका

९ बैशाख २०८०, शनिबार १४:५० ९ बैशाख २०८०, शनिबार १४:५० ९ बैशाख २०८०, शनिबार १४:५०

तनहुँ । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र शनिबार तनहुँमा हर्षोल्लासका साथ मनाइएको छ ।

जिल्लाको दमौली, डुम्रेसहित जिल्लाभर इस्लाम धर्मावलम्बीले शनिबार बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरेका छन ।

एक महिनासम्म चलेको रमजान पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने प्रचलन रहिआएको छ ।

हेर्नुस तस्बिरहरु :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *