दमौली । तनहुँको दमौलीमा रहेको पार्टी प्यालेसको पर्खाल भत्काउदा देवघाट गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवघाट गाउँपालिका ३ छिपछिपेका ३२ वर्षीय भिम बहादुर गुरुङ रहेका छन् ।
आज बिहान साढे १० बजेतिर दमौली पार्टी प्यालेसको पर्खाल भत्काउदै गर्दा मृतक भिम बहादुर गुरुङलाई पर्खालले च्यापेको थियो ।
पर्खालले च्यापेको कारण टाउकोमा चोट लागेर गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईते उनको दमौली अस्पतालमा उपचारको क्रममा बिहान सवा ११ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
घटनाको बारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।