बन्दीपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने, डिजाइनरलाई २५ हजार पुरस्कार

Byखवरबाटिका

२७ बैशाख २०८०, बुधबार १२:२० २७ बैशाख २०८०, बुधबार १२:२० २७ बैशाख २०८०, बुधबार १२:२०

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैशाख १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक पहिचान झल्किने गरी लोगो बनाउनका निर्णय गरेको हो ।

लोगो डिजाइनको लागी खुला प्रतिस्पर्धात्मक विधिबाट निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिने निणर्य भएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

छनौट हुने लोगो डिजाइनकर्ताले नगद २५ हजार पुरस्कार पाउने बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासककिय अधिकृत नवेशराज हमालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *