म्याग्दे गाँउपालिकाले दियो ३ दिने मौरीपालन तालिम

Byखवरबाटिका

२९ बैशाख २०८०, शुक्रबार १०:३७ २९ बैशाख २०८०, शुक्रबार १०:३७ २९ बैशाख २०८०, शुक्रबार १०:३७

म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाले ३ दिने मौरीपालन तालिम सम्पन्न गरेको छ ।

म्याग्दे गाँउपालिकाको कृषि शाखाद्धारा आयोजित तालिममा पालिका भरका कृषकहरुलाई मौरीपालन सम्वन्धि तालिम दिईएको थियो ।

कृषि शाखाको आव ०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत मौरीपालन तालिम दिईएको गाँउपालिकाले जनाएको छ ।

कार्यक्रमको समापन गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकालाई समृद्ध वनाउन कृषि र उत्पादनमा लाग्नुपर्ने वताउदै पालिका जनताको समृद्धीका लागी लागिपरेको बताए ।

सिप सिकाईले आत्मानिर्भर बनाउने हुदाँ सवैजना सबल बनेमा आर्थिक रुपमा पनि सढृढ हुने अध्यक्ष श्रेष्ठले बताए ।

मौरीको मह उत्पादन गर्न सकेमा बजारीकरणको समस्या नहुने र राम्रो आम्दानी पनि गर्न सकिने हुदाँ यसको व्यवहारिक ज्ञान सगै कार्यन्वयन पनि गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

यसैगरि पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे आत्मानिर्भर बन्नुका लागी उत्पादनको विकल्प नभएको बताए । उत्पादन विना आर्थिक रुपमा सवल वन्न नसकिने हुदाँ श्रमप्रतिको सम्मान र कृषि तथा उत्पादनमा जोड दिनुपर्ने उपाध्यक्ष घिमिरेले बताए ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितराज राना, वडाध्यक्ष लगायतले धारणा राखेका थिए पनि कृषि शाखाका प्रमुख रुक्मणि घिमिरेले कार्यक्रमको संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *