म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाले पालिका भित्रका कृषकलाई निशुल्क रुपमा माछाको भुरा वितरण गरेको छ । पाालिकाको पशु सेवा शाखाको आव ०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकको माग संकलन गरि माछाको भुरा वितरण गरिएको हो ।
माछाको भुरा वितरण गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकलाई आत्मनिर्भर वनाउन माछापालन सहयोगी हुने बताए । पालिका भित्रका कृषकलाई आय आर्जनमा वृद्धि गर्न, आर्थिक रुपमा सवल र सक्षम वनाउनका लागी व्यवासायिक खेती र कृषिमा जोड दिईएको हुदाँ पालिकाको कदममा सहयोग गर्न अनुरोध गरे ।
यसैगरि कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले कृषकलाई आत्मानिर्भर वनाउनका लागी पालिकाद्धार वितरण गरिएको अनुदानको सहि सदुपयोग हुनुपर्ने बताए । अनुदानमा वितरण गरिएको माछाभुराको उचित संरक्षण गरेर यसवाट मनग्गे आम्दानी हुने हुदाँ यसको सदुपयोगमा ध्यान दिनुपर्ने उनले बताए ।
पालिका भित्रका सम्पुर्ण वडाका २१ जना कृषकलाई वितरण गरिएको माछाको भुरा ६० हजार थान वितरण गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितराज राना, वडा नं ४ का वडाध्यक्ष दीपक श्रेष्ठ पशु शाखाका प्रमुख डा विनय शाह लगायतले यसको महत्व र उद्येश्यका वारेमा प्रकाश पारेका थिए । माछाको भुरा नेपाल कृषि अनुसन्धान केन्द्र बेगनास, पोखराबाट खरिद गरिएको गाउँपालिकालेर जनाएको छ ।