दमौली । नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँले ३४ औँ वार्षिकोत्सव मनाएको छ । बुधवार महिला उद्यमी समिति तनहुँले दमौलीमा एक कार्यक्रम आयोजना गरेर वार्षिकउत्सव समेत मनाएको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमान सिंह गुरुङले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन सके अर्थतन्त्र चलायमान हुने बताए ।
नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै गुरुङले लघु, घरेलु तथा साना उद्योगीहरुले महिलाहरुको जीविकोपार्जन गर्ने मध्यम हुने बताए ।
व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले घरेलु तथा साना उद्योगका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको बताइन् । उनले नगरपालिकाको आर्थिक सहयोगमा व्यास-५ र व्यास -१३ मा महिला लक्षित संचालन गरेको तालिमले उनीहरुको लागि फाइद पुगेको बताइन्।
त्यस्तैगरी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले तनहुँको उद्योग, व्यापारीहरुको सांझा संस्था भएकाले साना तथा घरेलु उद्योग वाणिज्य संघलाई विर्संन हुने बताए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका अध्यक्ष कल्पना गौलीको सभापतित्वमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्ले, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख प्रशान्त पोख्रेल, व्यास नगरपलिकाका वडाध्यक्ष लगायत सहभागी थिए।