आँबुखैरेनी । तनहुँको आँबुखैरेनी–५ रसौलीमा एक्साभेटर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षिय खेमराज चलाउने रहेको प्रहरीले जनाएको छ ।
उनको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
ग ३ क ३९७४ नम्बरको एक्साभेटर आबुखैरेनी-२ मार्किचोकबाट भरतपुर चितवनको लागि २२० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको हो ।
स्काभेटर चालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।