भिमाद । तनहुँको भिमादमा रुखबाट लडी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं ९ मोहरीया टोल बस्ने ८० वर्षीय तुलबिर थापा रहेको प्रहरीले जनाएको छ ।
थापा आइतबार बिहान राङसिङको रुखमा चढि घास काट्ने क्रममा अचानक सोही रुखबाट लडी घाईते भएका थिए ।
घाइते भएका थापालाई उपचारको लागी फिस्टेल अस्पताल पोखरा लगिएकोमा प्रारम्भिक उपचार पश्चाय थप उपचारको लागी मणिपाल अस्पताल पोखरा लगेकोमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।