आबुँखैरेनीको लोप्राङ्गमा खानेपानीको अभाव, बलेनीबाट झरेको पानी खान स्थानीय बाध्य

Byखवरबाटिका

१८ असार २०८०, सोमबार २३:२८ १८ असार २०८०, सोमबार २३:२८ १८ असार २०८०, सोमबार २३:२८

आँबुखैरेनी । तनहुँको आबुँखैरेनी गाउँपालिका–४ स्थित लोप्राङ्ग गाउँमा यति बेला खानेपानीको हाहाकार भएको छ ।

छिम्केश्वरी मोटरबाटो निर्माण क्रममा बासपानीमा रहेको खानेपानीको मुल पुरिएपछि सो गाउँमा खानेपानीको हाहाकार भएको हो ।

वर्षायाम संगैं खानेपानीको हाहाकार हुँदा यहाँका स्थानीयहरु पानी परेको बेला बलेनीबाट झरेको पानी संकलन गरी प्रयोग गर्न बाध्य भएको स्थानीय सुक बहादुर गुरुङ्गले बताए ।

करिब ३० घरधुरी रहेको उक्त गाउँमा तत्काल तथा दिर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्न सोमबार वडा नं. ४ का वडाध्यक्ष मिलन भूजेल र गाउँपालिका अध्यक्ष शुक्र चुमानबीच छलफल भएको छ ।

छलफलका क्रममा गाउँपालिकाले तत्काल प्राविधिक÷इन्जिनियर पठाएर पहिरोले पाईपमा क्षति पु¥याएको वा खानेपानीको टयाङ्की फुटेको हो भन्ने बारेमा सर्भे गरी आवश्यता अनुसार मर्मत गरी खानेपानीको आपूर्ति गरिने वडा नं. ४ का वडाध्यक्ष मिलन भूजेलले जानकारी दिईन ।

सो गाउँमा खानेपानी योजनाको लागि प्रदेश सरकारबाट १५ लाख बजेट परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *