ठमेलको क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट प्रकरणमा दमौलीका दुईसहित ५ जना पक्राउ

Byखवरबाटिका

३० असार २०८०, शनिबार ०९:४३ ३० असार २०८०, शनिबार ०९:४३ ३० असार २०८०, शनिबार ०९:४३

काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँ दमौलीका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

उनले भने, ‘मुख्य आरोपी गुरुङलाई पोखराबाट फलो गरिरहेका थियौं, थानकोटबाट नियन्त्रणमा लियौं । तीन जनालाई पहिल्यै समातिसकेका थियौं ।’

१५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।

तर, पक्राउ परेकाहरुले शेयरसम्बन्धी विवाद रहेको खुलाएका छन् । ‘शेयरको विषयमा पनि कुरा नमिलेको सुनेको छु, तर अहिले स्पष्ट भइसकेको छैन’, कार्कीले भने, ‘अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *