दमौली । तनहुँको व्यास नगरपालिका वडा नं. १३ बेलवास स्थित मादी र सेती नदिको संगम स्थलमा एक महिला मृत अवस्थामा फेला परेको छ । शनिबार १२:४५ बजेको समयमा जिल्लाको व्यास नगरपालिका वडा नं. १३ बेलवास स्थित मादी र सेती नदिको संगम स्थल देखी ७०० मिटर तल सेती नदिको किनारमा महिलाको शव फेला परेको थियो ।
हालसम्म एकिन नामथर वतन नखुलेको महिलाको मृत लास सेती नदीको पानी माथि तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
महिलाको वर्ण गहुँगोरी, मझौला शरिर, अनुहारको बाहिरी छालाको भाग सडिगली सकेको, टाउकोको बाहिरी छाला सडिगली कपालको भाग समेत नभएको, शरिरमा कुनै कपडा नभएको, शरिरको भाग फुलेको, उचाई ५ फिट, दाहिने कानमा बुट्टा सहितको सुनजस्तो देखिने पहेलो रंगको मुन्द्रा थान १, नाकमा सुनजस्तो देखिने पहेलो रंगको फुली थान १ र घाटीमा रातो गेडिवाला पोते भएको माला र बाया हातमा रातो चुरा लगाएको अवस्थामा रहेकी अं.४०।४५ बर्षकी महिलाको हुलिया रहेको प्रहरीले जनाएको छ ।
साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।