कांग्रेस बैठकमा शंकर भण्डारीले भने ‘संघीयताको विकल्प खोज्नुपर्छ’

Byखवरबाटिका

५ श्रावण २०८०, शुक्रबार १९:२४ ५ श्रावण २०८०, शुक्रबार १९:२४ ५ श्रावण २०८०, शुक्रबार १९:२४

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा भण्डारीले वर्तमान संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताएका छन् ।

धर्मनिरपेक्षताको विरुद्धमा आफ्नो धारणा यसअघि पनि राख्दै आएका भण्डारीले योजनावद्ध किसिमले धर्म निरपेक्षतालाई संविधानमा घुसाइएको बताए ।

‘संघीयतामा राष्ट्रिय सुरक्षाका किसिमले समस्या देखियो । संघीयताको बारेमा अर्को विकल्प खोज्नुपर्दछ । निर्वाचन प्रणालीका बारेमा पुर्नविचार गर्नुपर्दछ,’ भण्डारीले भने ।

पार्टीभित्र समस्या रहेको बताउँदै उनले एउटा साथीले अर्को साथीलाई देख्नै नपरे हुन्थ्यो जस्तो अवस्था आएको बताए । ‘यसलाई पदाधिकारीहरुले कसरी विश्लेषण गर्नुभएको छ ? पार्टी निर्माणको यो समस्या हो कि होइन?’ भण्डारीले भने, ‘९०० क्रियाशील सदस्य भएको ठाउँमा सय भोट आउँदैन । यो समीक्षा किन गरिरहेका छैनौं? यो राम्रो हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *